दसैँका लागि ३ हजार खसी बोका ल्याइने

काठमाडौँ, १० भदौ । सरकारले यसवर्षका लागि ३ हजार खसी बोका तथा च्याङ्ग्रा ल्याउने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड यसवर्षको दसैँका लागि ३ हजार खसी बोका ल्याउने निर्णय गरेको हो ।

कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार खसी बोका तथा च्याङ्ग्रा खरिद तयारी उपसमितिले यसका लागि ६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिसकेको छ । उनका अनुसार घटस्थापनाका केही दिनअघि काठमाडौँमा यसरी खरिद गरिएका खसी बोका तथा च्याङ्ग्रा काठमाडौँमा आउनेछन भने घटस्थापनादेखि कम्पनीले बिक्रीवितरण सुरु गर्ने छ ।

गत वर्ष प्रतिकेजी ६ सय ४० रुपैयाँमा खसी बोका बिक्री गरिएको भए पनि यसवर्ष भने भाउ बढाउने कम्पनीको तयारी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति