४४४ कोरोना संक्रमित थपिए, थप तीन जनाको मृत्यु

काठमाडौं, ९ भदौ । २४ घण्टामा ४४४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४९५४ नमूना परीक्षण गर्दा ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९९६ र एन्टिजेनबाट २९५८ नमूनाको परीक्षण गर्दा पीसीआरबाट २११ र एन्टिजेनबाट २३३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।

सोही अवधिमा नेपालमा ३०७ जनाले संक्रमणलाई पराजित गरेका छन् । आज थप तीन कोरोना संक्रमितको ज्यान गएको छ ।

आज थपिएकासँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४१९९ पुगेको छ ।  

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति