बालेनको प्रशंसा कमल थापाले भने– सबैले सहयोग गरौँ

काठमाडौँ, ९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)को प्रशंसा गरेका छन् ।

काठमाडौँ महानगरपालिकाभित्र बनेका अवैध घर टहर भत्काउन साह सक्रिय भएपछि थापाले उनको प्रशंसा गरेका हुन् ।

‘अवैध संरचना भत्काउने र देशको राजधानी काठमाडौँलाई सफा सुन्दर र स्वच्छ बनाउने मेयर बालेन्द्र साहको प्रयास प्रशंसनीय छ,’ थापाले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

साहको कार्यले तत्काल केही असुविधा भएपनि दीर्घकालमा सबैलाई फाइदन हुने उनले बताएका छन् ।

‘तत्काल केही असुविधा भएपनि यसको दीर्घकालमा सबैलाई फाइदा हुन्छ । यस कार्यमा सबैले सहयोग गरौँ,’ थापाले भनेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति