मापसे गरी एम्बुलेन्स र स्कुल बस चलाउने चालकमाथि कारवाही 

काठमाडौं, ८ भदौ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष सुरक्षा जाँचमा आज विहान २२७ जना चालकहरू कारवाहीमा परेका छन् । 

कारवाहीमा पर्नेमा १२५ जना पानी ट्याङ्करका चालक, ३ जना एम्बुलेन्स चालक, १ जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालकहरू रहेका छन् । 

कारवाहीमा पर्नेमध्ये चार जना मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने रहेको कार्यालयले जनाएको छ । 

मापसे गरी सवारी चलाउनेमा एक जना ट्याङ्कर चालक, एक जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र एक जना अन्य सवारी साधनका चालक रहेका छन् ।

File photo

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति