नागरिकता विधेयकमा एमालेले भोटको राजनीति गर्न खोज्यो : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले भोटको राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।

भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा प्रचण्डले भने आमाबुबा दुवै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने व्यवस्था भए पनि विदेशीलाई नागरिकता दिन खोजियो भनेर भ्रम छर्ने काम गरेर एमालेले भोटको राजनीति गर्न खोजेको आरोप लगाएका हुन् ।

तत्कालीन केपी ओली सरकारले अध्यादेशमार्फत् ल्याएको विधेयक नै अहिले सदनमार्फत् ल्याएको भन्दै भ्रममा नपर्न प्रचण्डले आग्रहसमेत गरेका छन् ।

वैवाहिक अंगीकृत नागरिकताका लागि सात वर्षे प्रावधान राख्ने राज्य व्यवस्था समितिको प्रस्ताव सदनमा लैजाऔँँ भन्दा एमाले अध्यक्ष ओलीले नै नमानेको पनि प्रचण्डले आरोप लगाएका छन् ।

भौतिक योजनामन्त्री मोहम्मद इस्तियाक राई र वनमन्त्री प्रदीप यादवसहित चितवन आएका माओवादी अध्यक्ष प्रचण्डले विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति