मलेसियाका पूर्वप्रधानमन्त्री रजकलाई १२ वर्ष जेल सजाय

क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजकलाई १२ वर्ष जेल सजाय तोकिएको छ उच्च अदालतले उनको अपील अस्विकार गरेपछि रजकलाई जेल चलान गरिएको हो । सरकारी स्वामित्वमा रहेको स्वास्थ्य कोष वान मलेसिया डेभलोपमेन्ट बरहाड (वानएमडीबी) दुरुपयोग गरेको अभियोगमा ६९ वर्षीय पूर्वप्रधानमन्त्रीलाई जेल सजाय तोकिएको हो ।

उनलाई सन् २०२० को जुलाईमा दोषी ठहर गरिएको थियो । तर, पुनरावेदनका क्रममा जमानतमा छुटेका थिए । उनीमाथिको दण्ड ढिलाई गर्न नजिबले गरेको अनुरोधलाई अदालतले अस्वीकार गरेको छ । आफूले कुनै गलत कार्य नगरेको उनले निरन्तर बताउँदै आएका छन् ।

सन् २०२० मा एक अदालतले नजिबलाई विभिन्न सातवटा अभियोगमा दोषी पाएको थियो । मुद्दाको केन्द्रमा ४ करोड २० लाख रिंगेट रकम थियो जुन एसआरसी इन्टरनेसनलबाट उनका व्यक्तिगत खातामा पठाइएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति