काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सबन्धित महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ ।
२९ भदौभित्र राणा विरुद्धको महाअभियोगका बारेमा अध्ययन टुंग्याउने प्रस्ताव गरेको सिफारिस समितिको तेस्रो बैठक आज पनि बस्ने भएको हो । बैठक अपरान्ह २ बजे बस्ने छ ।
मंगलबार बसेको सिफारिस समिति बैठकले जबरालाई यसैसाता सफाइ पेस गर्न मौका दिने गरी कार्यतालिका तयार पारेको छ । जसअनुसार राणाले समितिसमक्ष यसैसाता जवाफ पेस गर्नुपर्ने छ ।
समितिले २९ भदौभित्र जबरामाथि लागेको महाअभियोगका बारेमा अध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका बनाएको छ । प्रस्तावित कार्यतालिका मंगलबारको बैठकमा प्रस्तुत भएको थियो ।
उता, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने प्रस्तावित कार्यतालिका समय छोटाएर २५ भदौभित्रै अध्ययन सम्पन्न गरेर प्रतिनिधिसभामा प्रतिवेदन पठाउनुपर्ने अडान राखेको छ । जसमा बुधवारको बैठकमा थप छलफल हुने छ ।
१ फागुन २०७८ मा प्रतिनिधिसभामा दर्ता भएको जबराविरुद्धको महाअभियोगउपर अध्ययन गर्ने २१ फागुनमा सिफासि समिति गठन गरेको थियो । सो सिफारिस समितिले राणका बारेमा अध्ययन गर्न जिम्मेवारी भने २२ साउनमा मात्रै पाएको थियो ।
प्रतिक्रिया