काठमाडौँ । दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। मौसम पुर्वनामुन शाखका अनुसार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै भू–भागहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसैगरी, राति मधेश प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने छ ।
प्रदेश १ र मधेस प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
प्रतिक्रिया