लमजुङमा ठुलो परिणामसहित लागुऔषध कारोबारी पक्राउ

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले ठुलो परिणाममा लागुऔषधसहित बिक्री गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले छुट्टाछुट्टै ठाउँबाट दुई जनाको साथबाट ३ सय ११ थान लागुऔषधसहित पक्राउ गरेको हो ।

मर्स्याङ्दी गाउँपालिका ३ बस्ने २९ वर्षको दोर्जे भनी चिनिने भीमबहादुर तामाङ र बेँसीसहर नगरपालिका–८ बस्ने वर्ष ४२ का बमबहादुर बस्नेतलाई पक्राउ गरेको हो ।

प्रहरीले तामाङको साथबाट २ एमएलको डाइजेपाम एम्पुल ९० थान, फेनारगन एम्पुल ८९ थान, नुफिन एम्पुल ८७ थान , दुई थान मोबाइल र नागरिकता बरामद गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । यस्तै, अर्का लागुऔसध कारोबारी बस्नेतको साथबाट २ एमएलको डाइजेपाम एम्पुल १५ थान, फेनारगन एम्पुल १५ थान र नुफिन एम्पुल १५ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं इन्स्पेक्टर जगदीश रेग्मीले तामाङलाई आइतबार र बस्नेतलाई शुक्रबार लागुऔषधहित पक्राउ गरिएको बताए । पक्राउ परेका तामाङ र बस्नेतलाई जिल्ला अदालत लमजुङबाट म्याद थप भई थप अनुसन्धान भइरहेको रेग्मीले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति