राजविराट । भारतबाट आएका दुईजना व्यक्तिले खेतमा पेस्तोल फालेर भागेका छन् ।
सप्तरीको राजगढ गाउँपालिका २ बनैनियास्थित खेतमा भारतबाट नेपालतर्फ आउँदै गरेका दुईजनाले खेतमा पेस्तोल फालेर भारततिर नै भागेका हुन् ।
आइतबार राति ९ बजेको समयमा नेपालतर्फ आउँदे गरेका दुईजनाले सशस्त्र प्रहरी बलको टोली देखेपछि पेस्तोल खेतमा फालेर भागेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
बीओपीबाट खटिएको असई तुलसीराम कार्की नेतृत्वको ५ जनाको टोलीले पैदल गस्ती गर्दै सरप्राइज चेकिङ गरेको थियो । ती दुई अपरिचित व्यक्ति भारतीय सीमा नाका हुँदै नेपालतर्फ आएका थिए । सशस्त्र प्रहरीको टोली देखेपछि उनीहरु भारततिर नै फर्किए । सो हर्कत देखेपछि सशस्त्रले रोक्न खोजेका थिए । उनीहरु भाग्दै पेस्तोल भने खेतमा फालेका थिए ।
पेस्तोलमा ८ एमएमको गोलीसमेत रहेको पाइएको छ । सो पेस्तोल नेपाल प्रहरीलाई बुझाइने सशस्त्र प्रहरी बलले जनाएको छ ।
प्रतिक्रिया