अमेरिकी राष्ट्रपतिले घृणित हिंसाविरुद्ध एकता शिखर सम्मेलन आयोजना गर्ने

काठमाडाैँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना ह्वाइट हाउस शिखर सम्मेलनको आयोजना गर्ने भएका छन् । सम्मेलनको मुख्य उद्देश्य अमेरिकामा घृणाले उत्तेजित हिंसाको विरूद्ध लड्ने रहेको र त्यसको नारा ‘राष्ट्रको आत्मालाई निको पार्ने’ अभियान रहने बताइएको छ ।

ह्वाइट हाउसले सो बारे शुक्रबार घोषणा जानकारी दिँदै राष्ट्रपति बाइडेनले सार्वजनिक सुरक्षा र लोकतन्त्रलाई बलियो बनाउँन आगामी सेप्टेम्बर १५ मा युनाइटेड वी स्ट्यान्ड शिखर सम्मेलनको आयोजना गर्ने जनाएको छ । एल पासो, टेक्सास, पिट्सबर्ग र ओक क्रिक, विस्काँन्सिनलगायत सहरहरूमा घृणा–सञ्चालित हिंसालाई न्यूनीकरण र सम्बोधन गर्ने लक्ष्य राख्दै सो सम्मेलन आयोजना हुने छ ।

गत मे महिनामा न्युयोर्कको बफेलो, सुपरमार्केटमा १० जना काला जातिका मानिसहरू मारिएपछि अधिकारकर्मीहरूले राष्ट्रपति बाइडेनलाई जातीय हिंसाविरुद्ध लड्ने यस्ता कार्यक्रम आयोजना गर्न दबाब दिएका थिए।

सो सम्मेलनले घृणा र उत्तेजना नियन्त्रित जातीय हिंसा लगायातका अन्य विभेदको अन्त्यका लागि उबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति