५ चिनियाँ विमानले मध्य रेखा पार गरे : ताइवान

ताइपेइ । ताइवानको रक्षा मन्त्रालयले ताइवान स्ट्रेट मध्य रेखा पार गर्ने पाँचवटा विमानसहित आइतबार ताइवानको वरिपरि १२ चिनियाँ विमान र पाँच चिनियाँ जहाज भेटिएको जनाएको छ ।

यसै महिनाको सुरुदेखि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले टापुको भ्रमण गरेपछि चीनले ताइवान नजिकै अभ्यास गरिरहेको छ । ताइवान सरकारको कडा आपत्तिको बाबजुद चिनियाँ सेनाको जहाजले मध्यरेखा पार गरेको हो ।

ताइवानलाई चीनले आफ्नो महत्वपूर्ण अंश मान्छ । तर, ताइवानले आफूलाई सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र देश सम्झन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति