काठमाडौ । न्याय माग्दै अनसन बसेकी निहारिका राजपूत र सरकारका बीचमा तीन बुँदे सहमति भएको छ । कानुनमन्त्री गोविन्दप्रसाद कोइरालाले १७ दिनदेखि अनसनरत उनलाई अनसन तोडाएका हुन् ।
काठमाडौँ जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र निहारिकाबीच आइतबार तीन बुँदे सहमति भएपछि उनले १७ दिनदेखिको अनसन तोडेकी हुन् ।
सहमतिमा निहारिकाको मागअनुसार उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दामा डिएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने सहमति भएको छ ।
त्यस्तै, डिएनए परीक्षणलाई विश्वासनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने सहमतिको दोस्रो बुँदामा उल्लेख छ ।
यस्तै, उक्त माग पूरा भएकाले निहारिका राजपूतले १७ दिनदेखि गरिरहेको आमरण अनसन ‘आजैका मितिबाट अन्त्य गर्ने’ सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया