गायक दिवेश पोखरेल नेपालको पर्यटनका लागि विश्व सद्‌भावना दूत नियुक्त

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गायक दिवेश पोखरेल (अर्थर गन) नेपालको पर्यटनका लागि विश्व सद्‌भावना दूत नियुक्त गरेको छ ।

आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरेललाई विश्व सद्‌भावना दूत नियुक्त गरेको घोषणा गरेका हुन् ।

उनले भने, ‘आफ्नो प्रतिभामार्फत् नेपाललाई विश्वमा चिनाउन महत्वपूर्ण योगदान दिनुभएका पोखरेलले प्राकृतिक सुन्दरता, जैविक तथा सांस्कृतिक विविधताले भरिपूर्ण नेपालका प्राकृतिक र सांस्कृतिक सम्पदाहरूको प्रचारप्रसारमा थप योगदान दिनुहुने छ भन्ने विश्वास लिएका छौँ ।’

काठमाडौँको रविभवनमा जन्मेर उच्च शिक्षा अध्ययनको सिलसिलामा २०१४ मा अमेरिका गएका पोखरेल ‘अमेरिकन आइडल’मा सहभागी भएपछि लोकप्रिय बनेका थिए । पोखरेलजस्ता नयाँ प्रतिभाहरूले नेपाललाई विश्वमै नयाँ पहिचान दिन सफल भएको मन्त्री श्रेष्ठले बताए ।

विश्व सद्‌भावना दूत नियुक्त भएपछि पोखरेलले संगीतमार्फत् नेपालको पर्यटन तथा संस्कृति प्रवर्द्धनमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board