राष्ट्रपति भण्डारीबाट दुई विधेयक प्रमाणीकरण

काठमाडौं, ५ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दुईवटा विधेयक प्रमाणीकरण गरेकी छन् । 

संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएका दुईवटा विधेयक आइतबार राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । 

उनका अनुसार राष्ट्रपति भण्डारीले नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् । 

विधेयक प्रमाणीकरणबारे जानकारी दिन प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्ति :

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।

विधेयकको नाम  

१    नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक    

२    ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक

२०७९ साल भदौ ५ गते आइतबार ।

सागर आचार्य
प्रवक्ता

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति