गिरिको निधनप्रति विहारका मुख्यमन्त्री नितिश कुमारद्वारा दुःख व्यक्त

काठमाडौं, ५ भदौ । नेपालसँग सीमा जोडिएको भारतको विहार राज्यका मुख्यमन्त्री नितिश कुमारले नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

‘नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधि सभाका सदस्य प्रदीप गिरिको निधन दुःखद । उनी नेपाली राजनीतिका दार्शनिक तथा समाजवादी विचारक थिए,’ नितिश कुमारले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘उनले सबै राजनीतिक दलबाट आदर र सम्मान प्राप्त गरेका थिए ।’ 

कांग्रेस नेता गिरिको निधन शनिबार राति भएको हो । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति