काठमाडौँमा हुने राम्रा-नराम्रा कुराहरूको देशभर प्रभाव रहने कुराप्रति सचेत छौँ : मेयर साह

काठमाडौँ । आज २८७ फोहोर बोकेका गाडी बञ्चरेडाँडा पुगेका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जालमार्फत् काठमाडौँलाई स्वच्छ सफा कायम गर्ने दायित्वमा महानगर पछि नहट्ने उल्लेख गरेका छन् ।

‘काठमाडौँ देशको राजधानी भएकाले यहाँ हुने राम्रा, नराम्रा कुराहरूको देशभर प्रभाव रहने कुराप्रति हामी सचेत छौँ । यसैले देशभरबाट यहाँको विकास र व्यवस्थापनमा जुन किसिमको प्रत्यक्ष चासो देखिएको छ, त्यो सकारात्मक र सह्रानीय मानेका छौँ,’ उनले भनेका छन् ।

यस किसिमको चासो र खबरदारीको सधैँ आवश्यक रहने र सर्वसाधारणको साथ, चासो, अपनत्व र खबरदारीहरूका लागि आफूहरू आभारी रहेको साहको भनाइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति