माओवादीको म्याराथुन बैठक निष्कर्ष शून्य : आज पनि पदाधिकारी टुंगो लगाउन असफल

काठमाडौं ३ भदौ। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पार्टी पदाधिकारी टुंगो लगाउने भाका सार्दा सार्दै हैरान देखिएको छ । यो हप्ताभरि दिनेपिच्छेजसरी भइरहेको बैठकको श्रृंखलामा शुक्रवार बिहान स्थायी कमिटी बैठकले पदाधिकारी टुंगो लगाउने बताइएपनि टुंगो लगाउन सकेन ।

शुक्रवारको बैठकमा पदाधिकारीका बारेमा सामान्य छलफल भए पनि अन्तिम टुंगो लाग्न बाँकी रहेको स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले जानकारी दिए । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले पदाधिकारीका बारेमा बैठकमा छलफल भएको तर पदाधिकारी अझै टुंगो नलागेको जानकारी दिए । माओावदीमा पदाधिकारीका बारेमा छलफल हुन थालेको ६ महिना भन्दा बढी भइसकेको छ ।

‘मेरो बिचारमा अब छलफल गर्न बाँकी छैन्,’ महराले भने, ‘अध्यक्षको कार्यव्यस्तताको कारणले अलि ढिला भएको हो। वाईसीएलको केन्द्रीय अधिवेशन पनि छ त्यसकारण हो।’

अर्को बैठक भोलि दिउँसो १ बजे पुनः बोलाइएको उनले बताएका छ्न। पदाधिकारी कति संख्याको रहने भन्नेबारे भोलि टुंगो लाग्ने उनले दाबी गरेका छन्।

‘मुर्त रुपमा त टुंगिएको छैन्, भोलिको बैठकले टुंग्याउँछ,’ महराले भने, ‘छलफलका विषयहरु कुनैपनि बाँकी राखेका छैनौ। राम्रो छलफल भएको छ।

महराका अनुसार शनिवार पुनः स्थायी कमिटी बैठक बस्ने र उक्त बैठकबाट पदाधिकारीको टुंगो सक्ने बताए । महराले शनिवार दिउँसो १ बजे पुनः बैठक बस्ने उनले बताए । ‘पदाधिकारीको विषयमा राम्रो छलफल भएको छ। पहिलेजस्तो अलिकति केही छ कि भन्ने होइन, स्थायी कमिटीभित्र पदाधिकारीको विषयमा विस्तृत रुपमा र गम्भीर रुपमा छलफल भएको छ,’ महराले बैठकपछि भने। 
शुक्रबार पार्टी महासचिवमा देव गुरुंग, उपाध्यक्षहरुमा कृष्णबहादुर महरा, दीनानाथ शर्मा, पम्फा भुसगल, हरिबोल गजुरेल र उपमहासचिवमा बर्षमबन पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेल तथा शक्ति बस्नेत लिलामणि पोखरेल गणेश साह लगायतका ७ जनालाई सचिव बनइने चर्चा थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति