तमु कलाकार संघ गण्डकीमा पुनः सुरेन्द्र गुरुङ

पोखरा, ३ भदौ । तमु (गुरुङ) कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पुनः सुरेन्द्र गुरुङको अध्यक्षतामा सर्वसम्मत २७ सदस्यीय कार्यसमिति गठन गरेको छ।

पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा माया गुरुङ, उपाध्यक्षमा विक्रम गुरुङ, महिला उपाध्यक्षमा इन्द्रा गुरुङ, महासचिवमा टसबहादुर गुरुङ,नेत्र गुरुङ, महिला सचिवमा ज्योति गुरुङ, सहसचिवमा डबिन गुरुङ, कोषाध्यक्षमा सबिना गुरुङ र सहकोषाध्यक्षमा दिलु गुरुङ रहेका छन् ।

यसैगरी विदेश विभाग प्रमुखमा गौरी गुरुङ, सांस्कृतिक विभाग प्रमुखमा सबिन गुरुङ, अतिरिक्त विभाग प्रमुखमा ओम गुरुङ, महिला विभाग प्रमुखमा रबिना गुरुङ र सचिवालय सदस्यहरुमा पूजा गुरुङ, रामप्रसाद गुरुङ, मिना गुरुङ चयन भएका छन् ।

यस्तै, सदस्यहरूमा रनु गुरुङ, संगिता गुरुङ, ममता गुरुङ, सिता गुरुङ, धनप्रसाद गुरुङ, युमिन्द्र गुरुङ युबिन, काजी गुरुङ, सुनिमा गुरुङ र रोशन गुरुङ चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक हुमबहादुर गुरुङले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । निर्वाचित अध्यक्ष सुरेन्द्र गुरुङले प्रतिवद्धता व्यक्त गदै तीनवर्षे कार्यकाल नमुना बनाउने घोषणा गरे।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति