नागरिकता विधेयकमाथि निर्णय लिन प्रतिनिधिसभामा मतविभाजन

काठमाडौं, २ भदौ । नागरिकता विधेयकमाथि निर्णय लिन प्रतिनिधिसभामा मतविभाजन गरिने भएको छ । सोही अनुसार सभामुखले प्रक्रिया अगाडि बढाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक जस्ताको तस्तै पारित गर्ने प्रास्ताव निर्णयार्थ गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजन मागेको छ । एमालेले मत विभाजन माग गरेपछि मत विभाजनबाट निर्णय लिन लागिएको हो ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मत विभाजन मागेपछि नागरिकता विधेयकमाथि मत विभाजनको प्रक्रिया सुरु भएको छ ।

भट्टराईले प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २९ बमोजिम मत विभाजन मागेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति