ट्वीटर गतिविधिलाई लिएर साउदी महिलालाई ३४ वर्ष जेल सजाय

काठमाडौँ । साउदीको एक अदालतले एक महिलालाई उनको ट्विटर गतिविधिलाई लिएर ३४ वर्षको जेल सजाय सुनाएको छ ।

राज्यमा ‘सार्वजनिक व्यवस्थामा बाधा पुर्याउन’ खोज्ने असन्तुष्टहरूलाई सहयोग गरेको आरोपमा सलमा अल–शेहाबविरुद्ध साउदीको पुनरावेदन अदालतले ९ अगस्टमा उक्त सजाय सुनाएको हो ।

बेलायतको युनिभर्सिटी अफ लिड्समा पिएचडी अध्ययनरत तथा दुई सन्तानकी आमा शेहाबलाई थप ३४ वर्षसम्म विदेश भ्रमणमा प्रतिबन्ध लगाइएको छ ।

ट्वीटरमा लगभग २६ सय फलोअरहरू भएका शेहाबले रूढिवादी सुन्नी मुस्लिम देशमा महिला अधिकारको बारेमा बारम्बार ट्वीट गर्थिन् ।

यो सजाय खाडी देशमा अधिकारकर्मीहरूमाथिको दमनबीचमा आएको छ । उनीहरुमध्ये धेरैलाई जेल सजाय र यात्रा प्रतिबन्ध लगाइएको छ ।

बेलायतबाट साउदीमा बिदा मनाउने क्रममा शेहाबलाई सन् २०२१ को जनवरीमा पक्राउ गरिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति