थाइल्यान्डमा बिस्फोट र आगलागी, ७ जना घाइते

एजेन्सी । बुधबार दक्षिणी थाइल्यान्डमा कम्तिमा १७ स्थानमा बिस्फोट र आगलागी भएको अधिकारीहरूले बताएका छन् ।

बिस्फोटमा ७ जना घाइते भएका छन् । स्टो र एक ग्याँस स्टेसनलाई लक्षित गरी बम बिष्फोट भएका थिए । मध्यरातमा भएका बिस्फोटमा कम्तीमा सात जना घाइते भएका सुरक्षाकर्मीले जनाएका छन् ।

आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन । मलेसियासँगको सिमानामा रहेको दक्षिणी थाइल्याण्डका प्रान्तहरूले दशकौँदेखि तल्लो तहको विद्रोह देखेका छन् । हिंसाको अनुगमन गर्ने डीप साउथ वाच समूहका अनुसार सन् २००४ देखि द्वन्द्वमा ७ हजार ३०० भन्दा बढी मानिस मारिएका छन् ।

सन् २०१३ मा सुरू भएको शान्ति वार्तामा बारम्बार अवरोध देखिएका छन् । यस वर्षको सुरूमा थाई सरकारले महामारीको कारण दुई वर्षको अन्तरालपछि मुख्य विद्रोही समूह, बारिसन रिभोलुसी नेसनलसँग पुनः वार्ता सुरू गरिरहेकै बेला बुधबारको आक्रमण भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति