लमजुङको घनपोखरामा जिप दुर्घटना, १० जना गम्भीर घाइते

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–२ घनपोखरामा बुधबार दिउँसो जिप दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन् ।

बेँसीसहरदेखि घनपोखरा जाँदै गरेको ग१ज ७४१७ नम्बरको जिप घनपोखराको भाचेस्थित सडकबाट बीस मिटर तल खसेको थियो ।

दुर्घटनामा परी १५ जना घाइते भएका छन् । घाइते मध्ये १० जना गम्भीर घाइते भएका छन् । घाइतेको प्रहरी र स्थानीय मिलेर उद्धार गरेको स्थानीय राम गुरूङले बताए ।

घाइतेलाई ४ वटा जिपमा उद्धार गरी लमजुङ जिल्ला अस्पताल ल्याउँदै गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । घाइते सबै स्थानीय रहे पनि नामथर खुल्न सकेको छैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board