माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता प्रक्रिया अघि बढाउने भएको छ ।

सो पार्टीको आज बसेको सचिवालयको बैठकले त्यसबारे नीतिगत निर्णय गरेको पार्टीका महासचिव डा.वेदुराम भुसालले जानकारी दिए । बैठकले एकता संयोजनका लागि समिति बनाउने र थप निर्णय गर्दै जाने पनि सहमति दिएको छ ।

एकताका लागि माओवादी केन्द्रले यसअघि नै निर्णय गरिसकेको थियो । नेकपा (एमाले)बाट विभाजन भई गत भदौ ९ गते दर्ता भएको एकीकृत समाजवादीले उक्त दिन स्थापना दिवस मनाउने निर्णय पनि गरेको छ भने आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको मापदण्डबारे पनि बैठकमा छलफल भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board