आयशा लेभल टु पारा तेक्वान्दो प्रशिक्षक

काठमाडौँ । नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण विजेता आयशा शाक्यले पारा तेक्वान्दो लेभल टु प्रशिक्षक कोर्स उत्तीर्ण गरेकी छन् ।

विश्व पारा तेक्वान्दोले अगष्ट १४ देखि १६ सम्म आयोजना गरेको १८औँ विश्व पारा तेक्वान्दो कोच सर्टिफिकेसन अनलाइन कोर्स लेभल टु उत्तीर्ण गरेकी हुन् । यसअघि आयशाले सन् २०२० को अक्टोबरमा लेभल वान कोर्स उत्तीर्ण गरेकी थिइन् ।

आयशले अब आफ्नो ध्यान पारा तेक्वान्दो खेलाडी उत्पादनमा केन्द्रित गर्ने बताउँदै अवसर दिएकोमा नेपाल तेक्वान्दो संघलाई धन्यवाद दिएकी छन् ।

यसअघि यस विधामा नेगी लामा मात्रै प्रशिक्षक थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board