माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि बस्ने भएको छ ।

पाँच दलीय गठबन्धनमा सिट बाँडफाँड तथा त्यसमा माओवादीको दावेदारीलगायतका विषयमा छलफल गर्नका लागि माओवादीको स्थायी समिति बैठक बस्न लागेको हो । बैठक हिजोदेखि सुरू भएको हो ।

हिजोको बैठकले नेपाल समाजवादी पार्टीका संयोजक बाबुराम भट्टराई र वामदेव गौतमसहित उनका समुहलाई गोलाकार भित्रको हँसिया हथौडाबाट निर्वाचन लड्न स्वीकृत प्रदान गरेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board