काठमाडौँ । संघीय संसद र प्रदेश संसदको निर्वाचनको सिट बाँडफाँडका लागि गठन भएको पाँच दलीय गठबन्धनको कार्यदलको बैठक आज अपरान्ह बस्ने भएको छ ।
बालुवाटरस्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकले संघीय संसद्का १ तथा ६५ तथा प्रदेश संसद्का ३ सय ३० सिटका सिट बाँडफाँडको प्रारम्भिक खाकामा छलफल गर्नेछ ।
२०७४ सालको निर्वाचन र गत ३० वैशाखको स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मानेर सिट बाँडफाँडमा सैद्धान्तिक सहमति गरेको कार्यदलले सो अनुसारका सिट बाँडफाँडको मोडालिटीमा छलफल गरेर शीर्ष नेतृत्वलाई सुझावसहितको प्रतिवेदन दिने छ ।
COMMENTS