फोहोर बोकेका १८६ गाडी पुगे बञ्चरेडाँडा

काठमाडौँ । अवरोधका बीच काठमाडौँको फोहोर बोकेका १८६ गाडी बञ्चरेडाँडा पुगेका छन् । काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) साहले सामाजिक सञ्जालमार्फत् उक्त जानकारी दिएका हुन् ।

‘फोहोर व्यवस्थापन गर्दा कसैलाई पनि केही समस्या नपरोस् । यो हाम्रो प्रतिबद्धता हो । हाम्रो प्रतिबद्धतामा हामी इमान्दार, सचेत र संवेदनशील छौँ,’ उनले भने ।

काठमाडौँको फोहोर लिएर बञ्चरेडाँडा पुगेका गाडीलाई आज दिनभर स्थानीयले अवरोध गरेका थिए । स्थानीयले ढुंगा र गुलेली हानेर अवरोध गरेपछि प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board