माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनाका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

नेता लिलामणि पोखरेल, मुक्ति प्रधान, केन्द्रीय सचिवालय सचिव डोरप्रसाद उपाध्यायलगायतका नेताहरू आयोगमा पुगेर दल दर्ता गराएका हुन् ।

माओवादी केन्द्र र डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एउटै चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्ने सहमति भइसकेको नेताहरू बताउँछन् ।

माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिन्ह प्रयोग गर्न फेरि निर्णय गर्नुपर्छ । माओवादी केन्द्रीय कार्यालयका सचिव उपाध्यायले त्यसको गृहकार्य भइरहेको बताए ।

निर्वाचनसम्बन्धी ऐनको एउटै चुनाव चिन्ह प्रयोगसम्बन्धी व्यवस्थाअनुसार दुई पार्टीले एउटै चुनाव चिन्ह लिने निर्णय गरेर आयोगलाई जानकारी गराउने उनको भनाइ छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board