निर्वाचन आयोगमा दल दर्ता गर्ने आज अन्तिम दिन, कांग्रेस अझै बाँकी

काठमाडौँ । निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसिमा आजदेखि समाप्त हुँदै छ ।

४ मंसिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आयोगले दिएको समयसीमा आजदेखि समाप्त हुन लागेको हो ।

सिके राउत नेतृत्वको जनमत पार्टीले १ नम्बरमा राजनीतिक दल दर्ता गरेसँगै आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या ६२ पुगेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

राष्ट्रिय मान्यता प्राप्त दलहरु नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायतले आयोगमा दल दर्ता गरे पनि कांग्रेसले अझैसम्म दर्ता नगरेको आयोगले जनाएको छ ।

राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहहरूमध्ये सत्तारुढ दल नेपाली कांग्रेसले आज दल दर्ताका लागि निवेदन दिने तयारी गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति