प्रतिनिधिसभा बैठक बस्दै, नागरिकता विधेयक फिर्ताको पत्र पेस हुने

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।

मंगलबार बैठकमा प्रतिनिधिसभा सचिवले राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक सन्देशसहित फिर्ता भएकोसम्बन्धी जानकारी गराउने कार्यसूची रहेको छ ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयकसहित फिर्ता पठाएको सन्देशबारे संसद् सचिवालयका सचिव गोपालनाथ योगीले प्रतिनिधिसभालाई जानकारी गराएसँगै यसमाथि छलफल अघि बढ्ने छ ।

नागरिकता विधेयक राष्ट्रपतिबाट फिर्ता भएपछि आज पहिलो प्रतिनिधिसभा बैठक बस्न लागेको हो ।

राष्ट्रपति भण्डारीले आइतबार पुनर्विचार गर्न ९ पृष्ठको सन्देशसहित विधेयक फिर्ता पठाएकी थिइन् ।

साउ १५ मा संघीय संसद्का दुवै सदनबाट पारित विधेयकलाई राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि आइतबार साँझ प्रतिनिधिसभामै फिर्ता पठाइदिएकी थिइन् ।

राष्ट्रपति कार्यालयको पत्र सोमबार संघीय संसद् सचिवालय पुगेसँगै यसबारे फेरि छलफल अघि बढ्ने भएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board