भारतलाई फिफाको प्रतिबन्ध

काठमाडौँ । अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ ।

तेस्रो पक्षले संघमाथि शक्ति प्रयोग गरेसँगै यसअघि नै चेतावनी दिँदै आएको फिफाले सोमबार राति भने भारतलाई प्रतिबन्ध लगाएको हो ।

संघको चुनाव विगत दुई वर्षदेखि हुन सकेको छैन । अहिले एआइएफएफको विभिन्न मुद्दा अदालतमा छ । तर, स्वतन्त्र चुनाव नभएपछि फिफाले प्रतिबन्ध लगाएको हो ।

प्रतिबन्धपछि भारतले अब फिफा एएफसीले आयोजना गर्ने अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध भोग्नुपर्ने छ । यसअघि दक्षिण एसियाली मुलुक पाकिस्तानसमेत प्रतिबन्धमा परेर फुकुवा भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति