एफबीआईले मेरो पासपोर्ट चोर्‍यो : ट्रम्प

न्युयोर्क । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबीआई)का एजेन्टहरूले अगस्त ८ मा उनको घरमा छापा मार्दा उनको राहदानी चोरेको आरोप लगाएका छन् ।

‘ओहो ! मार–ए–लागोमा एफबीआईको छापामा तिनीहरूले मेरा तीनवटा राहदानी (एउटा म्याद सकिएको) चोरेका थिए’ ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्ममा भनेका छन् ।

रिपब्लिकन नेताले थपे, ‘यो हाम्रो देशमा पहिले कहिल्यै नदेखेको स्तरमा राजनीतिक प्रतिद्वन्द्वीमाथिको आक्रमण हो। तेस्रो विश्व !’

तर, ट्रम्पले आफ्नो कुन राहदानी एफबीआईले खोसेको भन्ने स्पष्ट पारेका छैनन् । संयुक्त राज्य अमेरिकामा नियमित नागरिकहरूलाई निलो राहदानी जारी गरिन्छ भने सरकारी सरकारी यात्राका लागि रातो ’कूटनीतिक’ राहदानी जारी गरिन्छ ।

एक साताअघि एफबीआईले ट्रम्पको घरमा छापा मारेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board