राप्रपामा तालमेल र गठबन्धनको जिम्मा अध्यक्ष लिङ्देनलाई

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर ४ का लागि घोषणा गरिएको प्रादेशिक र संघीय निर्वाचनको स्वागत गरेको छ ।

काठमाडौँको धुम्बाराहीमा सोमबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचन घोषणा हुनु सकारात्मक र स्वागतयोग्य भनेको जनाएको हो ।

बैठकले निर्वाचन भयरहित र धाँधलीरहित ढंगबाट सम्पन्न हुने वातावरण निर्माण गर्न र निष्पक्ष निर्वाचनको ग्यारेन्टी गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुका साथै निर्वाचनमा अन्य दलसँगको गठबन्धन, तालमेल र सहकार्यका लागि आवश्यक निर्णय गर्ने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।

पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार लिङ्देनको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति र संसदीय समिति गठनसमेत गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति