सत्तारुढ दलबीच संसदीय चुनावका लागि सिट बाँडफाँटसहितको प्रतिवेदन भोलिसम्म

काठमाडौं ३०साउन । सत्तारुढ पाँचदलीय गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलले आपसमा बाँडफाँट मिलाएर नेतृत्वलाई प्रतिवेदन बुझाउने सहमति गरेको छ ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजकत्वमा रहेको कार्यदलले सिट बाँडफाँटको विषय आपसमा सहमति गरेर नेतृत्वलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

कार्यदलका सदस्य तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बालुवाटारमा बसेको बैठकपछि भने, ‘हामीले सकेसम्म हाम्रै तहमा मिलाएर नेतृत्वमा प्रतिवेदन दिने मनसाय छ।’

उनले छिट्टै सिट बाँडफाँटको कार्यभार पूरा गरिने पनि बताए। ‘सिट बाँडफाँट चाँडै गर्नुपर्छ,’ कार्कीले भने।

उनले आगामी बुधबार अपरान्ह ४ बजे फेरि बैठक बस्ने पनि बताए। ‘त्यसपछि तपाईहरुलाई केही कुरा म भनौँला,’ कार्कीले भने।

सत्ता गठबन्धनले अन्य ८४ वटा क्षेत्रको भाग करिब मिलाइसकेको छ। ती ८४ वटामा सत्ता गठबन्धनले जसले जितेको उसले नै लिने गरी करिब सहमति गरेका छन्।​

यसअघि गत बिहीबार बसेको कार्यदलको बैठकले सिट बाँडफाँटको मापदण्डबारे छलफल गरेको थियो। यद्यपि बैठक निष्कर्षमा नपुगेको नेताहरुले बताएका थिए।

आजको बैठकबाट मिल्न बाँकी विषयलाई टुंग्याएकै प्रतिवेदन तयारीमा नेताहरु लाग्ने भएका छन्।

गत साउन २४ गते बसेको पहिलो बैठकले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कार्यदल संयोजक तोकेको थियो।

कार्यदलमा कांग्रेसबाट ३, माओवादी केन्द्रबाट २, नेकपा एकीकृत समाजवादीबाट २, जनता समाजवादी पार्टीबाट २ र राष्ट्रिय जनमोर्चाबाट २ जना सदस्य छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति