राष्ट्रपति भण्डारी मंगलबार पोखरा जाने

पोखरा । गुरुङ जातिको महत्त्वपूर्ण चाड ‘ट्होटें’ मनाउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार पोखरा आउने भएकी छन्।

तमु धिं नेपालले पोखरामा आयोजना गर्न लागेको ट्होटें विशेष समारोहमा सहभागी हुनका लागि राष्ट्रपति भण्डारी पोखरा आउने भएकी हुन् ।

तमु धिँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङका अनुसार राष्ट्रपति भण्डारीले सो पर्वको उद्घाटन तथा निरीक्षण गर्नेछिन् । सो अघि बिहान ११ बजे चिप्लेढुंगास्थित मानवअधिकार चोकबाट गुरुङ समुदायले आ–आफनो सांस्कृतिक तथा धार्मिक भेषभुषमा र्‍याली प्रदर्शन गर्नेछन् भने र सो र्‍यालीले बजार परिक्रमा गरे पछि तमु धिँ नेपालको कार्यालयमा पुगेर विशेष समारोहमा परिणत हुने छ ।

गुरुङ समुदायले पोखरालगायतका आसपास क्षेत्रमा हरेक वर्ष धुमधामका साथ ट्होटें पर्व मनाउँदै आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति