जेरुसेलममा अतिवादी हमला

काठमाडौ, २९ साउन । जेरुसेलम–जेरुसेलमको पुरानो सहरमा एक बन्दुकधारीले बसमा गोली चलाउँदा सात जना घाइते भएका छन् । गोली लागेर घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर छ । इजरायलको आपतकालीन चिकित्सा सेवा, म्यागेन डेभिड एडोम (एमडीए) ले घटनालाई ‘पुरानो सहरमा भएको आतंककारी आक्रमण’ भनेको छ ।

घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । एक शंकास्पदलाई प्रहरीले पक्राउ गरेको छ । ‘अतिवादी हाम्रो नियन्त्रणमा छन’ प्रहरी प्रवक्ता कान इली लेभीले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति