डेब्यु खेलमै दुई गोल गरेकी दीपा प्लेयर अफ दी म्याच

काठमाडौँ । नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दीपा न्यौपानेको दुई गोल प्रेरित डन बस्को फुटबल एकेडेमीले शनिबार भारतको केरेला महिला लिगमा पहिलो जित निकालेको छ ।

पहिलो जित निकाल्ने क्रममा दीपाले महत्त्वपूर्ण दुई गोल गरेपछि डन बस्कोले इमिरेट्स सकर क्लबलाई ५–२ ले हराएको थियो ।

नेपाल पुलिस क्लबकी मिडफिल्डरसमेत रहेकी दीपा पहिलो खेलमा भने उपलब्ध भएकी थिइन् । दोस्रो खेलमा उपलब्ध भएकी दीपाले पहिलो एघारमै पूरा समय मैदान बिताइन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी दीपा प्लेयर अफ दी म्याच घोषित भइन् ।

दीपाले पहिलो खेल राम्रो भएको र अन्य खेलमा समेत मेहनत गर्ने बताइन् । “डेब्यु खेलमै प्लेयर अफ दि म्याच भए । निकै खुसी छु । आगामी खेलमा मेहनत गर्दै सत प्रतिशत नतिजाको लागि खेल्छौँ,” दीपाले भनिन् ।

इमिरेट्सले खेलमा अग्रता बनाए पनि जोगाउन सकेन । बस्कोको जितमा दीपासहित प्रेस्माले दुई गोल गरिन् । यस्तै, पुष्पाले अर्को गोल थपिन् । इमिरेट्सका लागि अनिथा र अल्फोन्सियाले एक एक गोल गरे ।

यससँगै बस्कोले दुई खेलबाट तीन अंक जोडेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board