काठमाडौँ, २९ साउन । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति ब्राइटनसँग म्यानचेस्टर युनाइटेड स्तब्ध बनेको छ ।
ब्राइटनको घरेलु मैदानमा भएको खेलमा कुनै पनि समय युनाइटेडले प्रभाव जमाउन सकेन । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो समेत गोलबिहीन रहे ।
ब्राइटनलाई जिताउन जोसुवा डासिल्भा, माथिअस जेनिस, बेन मी र बायर्न एमबेउमोले समान एक एक गोल गरे । ब्राइटनले सुरुवाती ३५ मिनेटमै ४–० को अग्रता बनाएको थियो ।
जितपछि ब्राइटन २ खेलबाट ४ अंक जोड्दै तेस्रो स्थानमा छ । लगातारको हारसँगै युनाइटेड पुछारमा छ ।
यस्तै, गय राति नै भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटी र आर्सनलले सहज जित निकालेका छन् ।
सिटीले घरेलु मैदानमा बर्नेमाउथलाई ४–० ले पराजित गर्यो । लगातार दोस्रो जित निकाल्ने क्रममा आर्सनलले लेस्टर सिटीलाई ४–२ ले हरायो ।
यस्तै, अन्य खेलमा साउथह्याम्पटन र लिड्स युनाइटेडले २२, ब्राइटन र न्युकासल तथा उल्भ्स र फुलहमले गोलरहित बराबरी खेले ।
COMMENTS