नेता शेखर कोइरालालाई युवाहरूले के दिए सुझाव ?

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेताहरूले शेखर कोइराला समूहलाई रचनात्मक विद्रोह गर्न सुझाव दिएका छन् । शनिबार शेखर समूहका युवा नेताले ध्यानाकर्षपत्र बुझाउँदै रचनात्मक विद्रोह गर्न सुझाव दिएका हुन् ।

भ्रातृ संस्थामा सभापति शेरबहादुर देउवाले आफू अनुकूलका व्यक्तिलाई मनोनयन गरेको भन्दै शेखर समूहका युवाहरूले असन्तुष्ट जनाएका हुन् । देउवा एकलौटी चल्दा पनि आफ्नो समूहका नेताहरूले त्यसविरुद्ध ठोस कदम नचलाएको आरोप शेखर पक्षका युवाको रहेको छ ।

युवा नेताहरूले नेताहरु धनराज गुरुङ, गगन थापा, अर्जुननरसिंह केसी, डा. रामशरण महत, बलबहादुर केसी, सहमहामन्त्रीद्वय बद्रि पाण्डे, जीवन परियार, पूर्वकेन्द्रीय सदस्य हृदयराम थानी र नेविसंघका पूर्वअध्यक्ष गुरुराज घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

ध्यानाकर्षण बुझाउनेमा निरञ्जन थापा, लक्ष्मी दाहाल, पुष्कर बास्तोला, बिष्णु खड्का, ई.अमृत ज्ञवाली, पेम्बा शेर्पा, ई.सागर पाण्डे, विश्व लामा र अधिवक्ता कौशिला गुरुङ रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति