लेक लागि बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

काठमाडौं, २८ साउन । रसुवाको गोसाईकुण्ड गाँउपालिका-५ स्थित गोसाइकुण्ड तिर्थयात्रा गरी घर फर्कने क्रममा लेक लागि बेहोस भएका तीन जनाको २७ साउनमा सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

बेहोस हुनेहरूमा नुवाकोट जिल्लाको ककनी गाँउपालिका- ८ बस्ने ४५ वर्षीय नारायण भण्डारी र सोही जिल्लाको बिदुर नगरपालिका- ११ बस्ने २० बर्षीय साधना प्याकुरेल र धादिङ्ग जिल्लाको निलकण्ठ नगरपालिका-३ बस्ने १० वर्षीय निर्जिव दुवाडी छन् ।

सो बारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको सशस्त्र प्रहरीले उनीहरूलाई पिठ्यूमा बोकी धुन्चे अस्पताल ल्याएकाे हाे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति