अस्थायी बसोबासको अनुमति लिएर थाइल्यान्ड पुगे श्रीलंकाली पूर्वराष्टपति राजापाक्षे

काठमाडौँ । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे अस्थायी बसोबासका लागि थाइल्यान्ड पुगेका छन् । व्यापक प्रदर्शनपछि जुलाई १४ का दिन श्रीलंकाबाट भागेर माल्दिभ्स हुँदै उनी सिंगापुर पुगेका थिए ।

बिहीबार उनी बैंककको डन मुआन विमानस्थलमा चार्टर्ड विमानमार्फत् पुगेका थिए ।

राजापाक्षे थाइल्यान्डमा अस्थायी रूपमा बस्ने अपेक्षा गरिएको छ । तर, उनले राजनीतिक शरण नमाग्ने थाई अधिकारीहरूले बताएका छन् ।

“यो मानवीय विषय हो र यो बसाइँ अस्थायी हुने सहमति छ,” थाई प्रधानमन्त्री प्रयुथ चान ओचाले पत्रकारहरूसँग भनेका थिए । थाइल्यान्डमा रहँदा राजापाक्षे कुनै राजनीतिक गतिविधिमा सामेल हुन नमिल्ने उनको भनाइ छ ।

श्रीलंका सरकारकै सहयोगमा राजापाक्षे थाइल्यान्ड आइपुगेको थाई विदेशमन्त्री डन प्रमुद्विनाइले बताएका छन् ।

राजापाक्षेले श्रीलंका छाडेदेखि कुनै सार्वजनिक अभिव्यक्त दिएका छैनन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board