एमालेले बनायो चुनावी घोषणापत्र मस्यौदा समिति

काठमाडौं, २६ साउन । नेकपा एमालेले आगामी निर्वाचनका लागि चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । 

पार्टी मुख्यालय च्यासलमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको हो । 

समितिमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललगायत रहेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board