रियल मड्रिडलाई सुपर कप उपाधि

काठमाडौँ । आफ्नो करियरको ३२४औँ गोल गर्दै करिम बेन्जेमाले युइएफए सुपर कपको उपाधि रियल मड्रिडलाई दिलाएका छन् ।

बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २–० ले पराजित गर्दै रियलले सुपर कप उपाधि जितेको हो । रियलको जितमा डेभिड अलाबा र बेन्जेमाले दुवै हाफमा एक–एक गोल गरे ।

बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा यसअघि रियलले ला लिगा र युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

बेन्जेमाले रियलका लागि ६१० खेलमा ३२४ गोल पुर्‍याएका छन् । उनी क्रिष्टियानो रोनाल्डो पछिका दोस्रो सर्वाधिक गोलकर्ता हुन् । ३४ वर्षीय बेन्जेमाले यस सिजन ४६ खेलमा ४४ गोल गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति