राजापाक्षे दाजुभाइमाथि लगाइएको प्रतिबन्ध थप लम्बाइयो

एजेन्सी । श्रीलंकाको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्वअर्थमन्त्री बसिल राजापाक्षेमाथि लगाइएको यात्रा प्रतिबन्धलाई सेप्टेम्बर ५ सम्म लम्ब्याएको छ ।

श्रीलंकाको सर्वोच्च अदालतले यसअघि उनीहरूलाई अगस्ट ११ सम्म अदालतको अनुमतिबिना देश छाड्न नदिने अन्तरिम आदेश जारी गरेको थियो ।

महिन्दा राजापाक्षे, बसिल राजापाक्षे र श्रीलंकाको केन्द्रीय बैंकका पूर्वगभर्नर अजित निभार्ड काब्राललाई विदेश यात्रा प्रतिबन्ध लगाउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिइएको थियो ।

श्रीलंकाको आर्थिक संकटका लागि जिम्मेवार व्यक्तिविरुद्ध छानबिन गर्न माग गरिएको छ । सिलोन चेम्बर अफ कमर्स (सीसीसी)का पूर्वअध्यक्ष चन्द्र जयरत्ने, श्रीलंकाका पूर्वस्विमिङ च्याम्पियन जुलियन बोलिङ, जेहान कनागररत्न र ट्रान्सपरेन्सी इन्टरनेसनल श्रीलंका (टिआइएसएल) लगायतका समूहले निवेदन दिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति