काठमाडौं । काठमाडौंको बालाजु बाइसधारास्थित वान वर्ल्ड जुत्ता कारखानामा आगलागी भएको छ ।
आगो निभाउने प्रयास भइरहेको प्रहरीले बताएको छ । आगलागीबाट नजिकका घरहरू जोखिममा छन् ।
काठमाडौं महानगरपालिकाको दमकलले आगो निभाउन थालेको छ । ललितपुर महानगरबाट पनि अर्को दमकल झिकाइएको काठमाडौं प्रहरीका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।
नेपाली सेना र सुरक्षाकर्मीसहित दमकल र तीनवटा ट्याङ्करमार्फत पनि आगो निभाउने प्रयास जारी छ ।
COMMENTS