अर्जेन्टिना पुगे गोलरक्षक सर्जियो रोमेरो

काठमाडौं, २४ साउन । बोका जुनियर्सले अर्जेन्टिनी इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्वगोलकिपर सर्जियो रोमेरो अर्जेन्टिनी क्लब बोका जुनियर्ससँग अनुबन्ध हुने भएका छन् । मार्टिनेजले सन् २०१५ देखि २०२१ सम्म ओल्ड ट्राफोर्डबाट खेलेका थिए । रोमेरोले ‘फ्रि ट्रान्सफर’मा जुनियर्ससँग दुई वर्षको सम्झौता गरेका हुन् ।

अर्जेन्टिनाको रेसिङ क्लब व्यावसायिक करियरको सुरुवात गरेका उनी २००७ मा युरोपियन क्लब अनुबन्धित भएका थिए । सन् २०१४ को विश्वकपमा अर्जेन्टिनालाई विश्वकपको फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका उनले पछिल्लो पटक २०१८ मा राष्ट्रिय टिमबाट खेलेका थिए । उनले राष्ट्रिय टिमबाट ९६ क्याप जितेका छन् ।

पछिल्लो सिजन इटालियन क्लब भेनेजियाबाट खेलेका उनले क्लबबाट १६ खेलमा मौका पाएका थिए । भेनेजिया सिरी बी मा रेलिगेट भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board