प्रि-ओपन सेसनमा नेप्से सूचक ३.६३ अंकले बढ्यो

काठमाडौं, २४ साउन । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.६३ अंकले बढेको छ । यससँगै सूचक २१०९.७९ विन्दुमा आएको छ ।
मंगलबार मध्याह्न १२ बजेसम्म १२ लाख ८४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको ३७ सय ८२ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

यो सेसनमा कुल ३० वटा कारोबार भएको हो । कुल १० कम्पनीको भाउ बढेको छ भने चारवटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति