ट्रम्पको घरमा एफबीआईको छापा

न्युयोर्क । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा संघीय अनुसन्धान निकाय एफबीआईले छापा मारेको छ । एफबीआईले आफ्नो घरमा छापा मारेको ट्रम्पले पुष्टि गरेका छन् ।

पाम बिचस्थित मार–ए–लागो रिसोर्टमा रहेको घर एफबीआई एजेन्टको ठुलो समूहले कब्जा गरेको’ ट्रम्पले एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।

एफबीआईको छापा ट्रम्पको आधिकारिक कागजात ‘ह्यान्डलिङ’को अनुसन्धानसँग जोडिएको बताइएको छ । आगामी सन् २०२४ मा राष्ट्रपतिका लागि उम्मेदवार दिने बताइरहेका बेला ट्रम्पमाथिको छानबिन पक्रिया बढेको छ ।

आधिकारिक कागजातको व्यवस्थापनको विषयमा ट्रम्पको घरमा छापा मारिएको सीबीएस न्युजलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ ।

गत वर्ष अमेरिकी संसद् भवनमा भएको हिंसाबारे पनि अमेरिकी संसद्ले ट्रम्पमाथि छानबिन गरिरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति