कप्तान सन्दीप युएईमा हुने टी–२० खेलको मार्की खेलाडी

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले संयुक्त अरब इमिरेट्स (युएई) को इन्टरनेसनल टी–२० खेल्ने भएका छन् । युएई क्रिकेट बोर्डको आयोजनामा हुन लागेको प्रतियोगितामा सन्दीप मार्की खेलाडीको रुपमा अनुबन्धित भएका हुन् ।

प्रतियोगितामा सन्दीपसँगै विश्वका चर्चित खेलाडीहरु मार्की खेलाडीको रुपमा जोडिएका छन् । जसमा मोइन अली, आन्द्रे रसेल, डेविड मलान, वनिन्दु हसरंगा, सुनिल नारायण, एभिन लुइस, कोलिन मुनरो, फाविएन अलेन, साम बिलिङ, दुस्मन्था चमिरा, शिम्रोन हिटमेयर, अकेइल हुसेन, क्रिस जोर्डन, टम ब्यान्टोन, क्रिस लिन, रोभम्यान पोवेल, भानुका राजापाक्षे र मुजिब उल रहमान छन् ।

अर्को वर्षको सुरुवाातमा हुने प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा एक टिमले १८ खेलाडी राख्न पाउनेछन् ।

जसमा चार युएईका र दुई एसोसिएट राष्ट्रका खेलाडी अनिवार्य राख्न पर्ने आयोजनले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति